Juneli (जूनेली) - Poetry Film | ArtMandu | RaNa Dillip Feat. Deshna Thapa Magar
ARTMANDU ARTMANDU
256K subscribers
21,871 views
0

 Published On Premiered Feb 9, 2021

Juneli (जूनेली) - Poetry Film | ArtMandu | RaNa Dillip Feat. Deshna Thapa Magar

Juneli is a romantic-tragic Poetry-Film. Inspired by true events, it’s a story of a theatre artist who falls for a beautiful girl. It’s kind of a love-ritual of boys to symbolize their girl as the moon, he does the same aesthetically. After spending some sublime moments with her, some unfortunate turn of events leads to their separation.

-- Brahmanda Studios and Shilpashala presentation --

मलाई ऊ र जुन उस्तै लाग्छ । जुनले आफ्नाे आकार बद्लेझैँ बद्लिन्थ्याे उसकाे अनुहारकाे चमक ।
दुःखी हुँदा ऊ खुर्पे चन्द्र जस्तै देखिन्थि, सानी र मलिनी
खुशी हुँदा पूर्ण चन्द्र जस्तै भरिली र धप्प बलेकी
प्रत्येक प्रेमिल जाेडीकाे संगै बसेर जुन हेर्ने र आफ्नाे प्रेमी प्रेमीकालाई जुन जस्तै मान्ने सदियाैँ पुरानाे परम्परालाई हामीले पनि जाेगाइ राखेका थियाैँ, धेरथाेर ।
प्रत्येक प्रेमिल जाेडीकाे सँगै बसेर जुन हेर्ने र आफ्नाे प्रेमी प्रेमीकालाई जुन जस्तै मान्ने सदियाैँ पुरानाे परम्परालाई हामीले पनि जाेगाइ राखेका थियाैँ, धेरथाेर ।
जुनेली रातमा घरकाे तल्लाे काैशीबाट माथिल्लाे काैशीमा जान बनाएकाे फलामे भर्याङमा बसेर हामी एकनाशले जुन हेर्ने गर्थ्याैँ ।
आफ्नाे दाहिने खुट्टाकाे बुढीअ‍ाैँलाले मेरा पैतालालाई जिस्क्याउँदै मायालु भएर ऊ भन्ने गर्थी “धेरै जुन नहेर लाटा जुनले त मान्छेलाई असर गर्छ रे ।” उसले मलाई लाटा भनेर सम्बाेधन गर्दा एउटा मीठाे प्रेमिल सिरेटाेले मेराे मुटुलाई तरंगित गराउँथ्याे । उसले त्यती बेला मात्रै मलाई लाटा भन्ने गर्थी जतिबेला ऊ प्रेमले भिजेर लतपत हुन्थी । तैपनी म जानी जानी आफ्ना कुरा माथि पार्न उसलाई गिज्याउँदै भन्ने गर्थेँ “चन्द्रमाले मलाई हाेइन तिमीहरुलाई चाँही असर गर्छ बरु पिरियडकाे बेलामा “।
अनि एक्कासी आफ्नाे खुट्टा झट्कार्दै भन्ने गर्थी “धेरै ठूलाे कुरा नगर समुन्द्र लाई त बिचलित गर्न सक्ने चन्द्रमाका अगाडी तिमी काे नै हाै र !
मलाई ऊ र जुन उस्तै लाग्छ ।
खुर्पा जत्राे आफ्नाे आकार बढाएर नाङ्ग्लाे जत्राे हुने अनि हराउने ।
उ पनि खुर्पे चन्द्र जस्तै मेराे आकाशमा आई, बिस्तारै आफ्नाे मायाकाे आकार बढाई र लक्ष्मीपुजाकाे रातमा भैलेनीलाई दक्षिणा दिनकाे लागी दियाे बालेर सजाएकाे नाङ्ग्लाे जस्तै भई ।अझ भनाैँ पूर्ण चन्द्र जस्तै भरिली र धप्प बलेकी । अनि एक्कासी हराई
चन्द्रमाले त आफ्नाे आकाश बिर्सन सकेन फर्कियाे, फर्किन्छ, केही दिनकाे लुकामारी खेलेर तर उसले त हामीले त्यती धेरै दूःख गरेर हाम्राे माया हुर्काएकाे आकाशनै बिर्सिई । जती कुरेपनी फर्किइन, हराई । अहिले म त्यही फलामे भर्याङ माथि बसेर एकनाशले जुन हेर्ने गर्छु अनि त्याे जुनले मेराे मुटु यस्तरी हल्लाउँछ, मानाै ऊ लुडाेकाे खेलाडी हाे र उसले पाेट निकाल्नकाे लागि जाेड जाेडले हल्लाएकाे गाेटी मेराे मुटु ।
त्यसैबेला रन्किएर राता भएका मेरा कानले एउटा वाक्य सुन्छन् ।
“धेरै ठूलाे कुरा नगर समुन्द्रलाई त बिचलित गर्न सक्ने चन्द्रमाका अगाडी तिमी काे नै हाै र !”
मलाई ऊ र जुन उस्तै लाग्छ ।

-रणदिलिप

Music by Kiran Bhusal
Audio produced at @artmandu

Cast
RaNa Dillip
Deshna Thapa Magar
Saajan Kumar Sunuwar
Sauravi Rajbhandari
Kiran Khatiwada
Ayush Bohara

Crew
Cinematography- Bijay Tamrakar
Edit- Ramkrishna Pariyar / Bijay Tamrakar
Art- Zenny Sunuwar
Mixing and Mastering- Shardool Shrestha, Sujan Bhattrai
Color grading- chanas Pun Magar
Production design- Saajan Kumar Sunuwar
Post Production - Frame Art Media Nepal
Audio Production- Artmandu
Assistant Direction- H.K. Adhikari
Poem, Concept and Direction- RaNa Dillip

Special Thanks
Bimal Subedi, Jeebesh Rayamajhi, Prajit Bashyal, Alok Lamsal, Ashok Rana Bhat, Saroj Sapkota, Sujan Oli, Rojita Buddhacharya, Shravan Kumar Rana, Prabin Rana Bhat, Ashish Rana Bhat, Suraj Subedi,Theatre Village, Thames International College, Thames Theatre Club.

Any form of unauthorized re-creation of this song (lyrical video, karaoke version and cover video using the entire audio clip) is strictly prohibited ::: Any resemblance is purely coincidental.

Juneli (जूनेली) - Poetry Film | ArtMandu | RaNa Dillip Feat. Deshna Thapa Magar

#ArtMandu #NepaliPoetry #RaNaDillip

show more

Share/Embed