दलहरुमा व्याप्त केन्द्रिकृत मानसिकतामा परिवर्तन नआएसम्म संघीयता कार्यान्वयन हुन्न : डा. टेकराज पन्त
Radio Kantipur Radio Kantipur
83K subscribers
95 views
0

 Published On Apr 18, 2024

दलहरुमा व्याप्त केन्द्रिकृत मानसिकतामा परिवर्तन नआएसम्म संघीयता कार्यान्वयन हुन्न : डा. टेकराज पन्त, विश्लेषक

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन एवं राजनीतिशास्त्रका प्राध्यापक डा. टेकराज पन्तले संघीयताको सफल कार्यान्यवयन हुन नसक्नुमा दलहरुमा रहेको केन्द्रिकृत मानसिकतालाई दोष दिनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले प्रदेशहरु संघका इकाइजस्तो ठान्ने प्रवृत्तिको अन्त्य नभएसम्म समस्या जस्ताको त्यस्तै रहने उल्लेख गर्नुभयो ।
सत्ता स्वार्थ हावी भएकाले नै सरकार निर्माणमा ससाना दलहरु निर्णायक हुन पुगेको उहाँको ठहर छ ।
साथै दलमा निकै कमजोर रहेको आन्तरिक लोकतन्त्र र दलभित्रै रहेको अविश्वासका कारण पनि सरकार अस्थिर हुन पुगेको उहाँले उल्लेख गर्नुभयो । आगामी निर्वाचनमा यस्तो प्रवृत्तिमा सुधार आउने अपेक्षा मात्रै गर्न सकिने तर विश्वास गर्न नसकिने डा. पन्तले बताउनुभयो ।


Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .

#RadioKantipur #RadioRastrako #KantipurDiary

Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
YouTube:
https://www.youtube.com/c/RadioKantip...
Facebook:
  / kantipurradio  
Viber Community:
https://invite.viber.com/?g2=AQAyhHlo...
Twitter:
  / kantipurfm961  
Instagram:
  / radiokantipur.official  

show more

Share/Embed