Maya Ma | Ankit Babu Adhikari | ArtMandu | Feat. Shishir Siwakoti, Supriya Rana, Anwesh Rai Thulung
YouTube Viewers YouTube Viewers
256K subscribers
46,752 views
0

 Published On Mar 13, 2020

Maya Ma | Ankit Babu Adhikari | ArtMandu | Feat. Shishir Siwakoti, Supriya Rana, Anwesh Rai Thulung

Two broken hearts struggle keep a hint of love alive. The idea is not to be in love again, but share good vibes and exchange smiles whenever they cross paths again.

Audio credit
Singer/ Music direction: Ankit Babu Adhikari
Poetry: Safar Pokharel
Sound engineering: Shardool Shrestha & Kobid Bazra
Instruments: Kushal Singh (Piano), Prasanna Shrestha (Tabala), Swarnim Maharjan (Flute), Shardool Shrestha (Guitar)
Audio created at: ArtMandu Studio

Video credit
Cast: Shishir Siwakoti, Supriya Rana, Anwesh Rai Thulung, Ankit Babu Adhikari, Neha Uprety, Sajal Mani Dhital, Kshitiz Khanal, Stuti Amatya, Prapti Adhikari
Art director: Suman Kattel
Cinematographer: Ankit Koirala
Asst. Cinematographer : Bikal Thapa & Prabin Limbu
Colorist/ GFX: Sunil Paudel
Assistant director: Shiv Kumar Pun
Director/ Editor: Pukar Mani Rai

Audio-visual production: ArtMandu Nepal Pvt. Ltd.


Special thanks: Foundation for Development Management (FDM)

All rights reserved ArtMandu Nepal Pvt. Ltd.

Read Safar Pokharel's full poetry below:

तिमी र म भेट्दा,
एक अर्काको सामुन्ने पर्दा,
नबोलेर, नदेखेर नहिडौँ !
हात हल्लाऔँ, बोलौँ, बोलाऔँ ।
सञ्चो बिसञ्चो सोधौँ ।
मौसमका कुरा गरौँ,
घाम, पानी, बादल
र बर्खाका कुरा गरौँ ।
घण्टौँ घण्टा किन ?
दिनदिनभर, रातरातभर बात मारौँ ।
मिलेसम्म र जानेजति केही नछोडौँ ।
वरपर, छरछिमेक, समाज,
सडक र मान्छेहरु,
थिति र बेथिति,
देश र राजनीतिका कुरा गरौँ ।
अझ,
उज्यालोका कुरा गरौँ,
दिन र सूर्यका कुरा गरौँ,
तिमी र मलाई उसैगरी सताउने
अँध्यारा रातका कुरा गरौँ ।
आफ्ना मात्रै किन,
उसका, उनका, त्यसका,
सकेजति सबका कुरा गरौँ ।
जीवन र दर्शनका कुरा गरौँ ।
मनका अनि मनभित्रका हुटहुटी,
भड्किएका, थामिएका,
जे जस्ता छन्,
या अल्झिएका, बल्झिएका,
के कस्ता छन्,
सबथोक ।
सम्झेका, बिर्सेका, नसम्झेका,
सम्झिन नचाहेका, बिर्सन नपाएका,
अनेक हजार ।
बोलौँ, कुरा गरौँ ।
केही नलागे, बक नफुटे,
मुसुक्क हाँसौँ मात्र बरु ।
तर,
चुपचाप तर्केर नहिडौँ ।
सामुन्ने पर्दा बाटो नमोडौँ ।
नबिर्सौँ,
चाहे जे होस्, जस्तो होस्,
पृथ्वी नै किन नपल्टियोस्,
मनमा आँधीहुरी किन नचलोस्,
तर मायाका कुरा नगरौँ ।
गर्दै नगरौँ ।
तिमी र म भेट्दा ।
हुन्छ ?
। मायामा । 🙏🙏🙏

#AnkitBabuAdhikari #MayaMa #NewNepaliSong

show more

Share/Embed